१३ बैशाख,
उदयपुर। महिनौदेखि खाली रहेको चौदण्डीगढी आईसोलेशन कोभिड अस्पतालमा एक जना संक्रमितलाई राखिएको छ । त्रियुगा नगरपालिका वडा नं. १२ का ३५ वर्षीय एक संक्रमित पुरुषलाई शुक्रबारबाट राखिएको हो ।केही दिन भारतबाट आएका उनले विराटनगरमा स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि आईसोलेशन आएर बस्न थालेको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिए ।