मसलापाटी

३ वर्ष अगाडि / ८६१  पटक हेरिएको

१३ बैशाख,

विराटनगर । प्रदेश १ सरकारले नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धनको विषयमा सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ ।

सामाजिक विकास मन्त्रालयले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यहरुमा प्रदेश योजना आयोग सदस्य मिना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाई, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाई, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पती अधिकृत राजेश तामाङ रहेका छन् ।

कार्यदलको सदस्य सचिवमा  सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत निर्मल भट्टराई रहनु भएको छ । कार्यदललाई ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा कार्यान्वयनका लागि सम्भाव्यता अध्ययनको जिम्मेवारी दिईएको छ । सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिरालाई प्रतिबन्ध लगाउनुको साटो ब्राण्डिङ गर्नुपर्ने वकालत गर्दै आएकी थिइन् । कार्यदलका सदस्यलाई कार्य जिम्मेवारी सहित ४५ दिन भित्रमा मन्त्रालयमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिईएको छ । clickdharan.comबाट

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here