मसलापाटी

२ वर्ष अगाडि / १०३९  पटक हेरिएको

०९ बैशाख

इनरुवा। सुनसरीको धरानबाट भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव युवती सहित आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् । सुनसरी प्रहरीले धरानको होटलबाट यादवलाई आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ गरिएको जनाएको छ । प्रहरीले यादव पक्राउ सँगै घटना मुचुल्का समेत तयार पारी सकेको जनाएको छ ।अध्यक्ष यादव पक्राउ परेको विषय सुनसरीका प्रहरी प्रमुख कमल थापा स्वयंले पुष्टि गरेका छन् । प्रहरी प्रमुख थापाले धरानको प्रहरी टोलीले यादवलाई आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ गरिएको बताए ।उनी तत्कालीन तत्कालीन संघीय समाजवादी नेपालबाट निर्वचित भएका हुन् ।अध्यक्ष यादवले महिलालाई जागिर लगाइदिने प्रलोभनमा पारी होटलमा लगेर अनैतिक कार्य गर्न लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।उनी तत्कालीन तत्कालीन संघीय समाजवादी नेपालबाट निर्वचित भएका हुन् । यता अध्यक्ष पक्राउ परेको विषय बाहिरिए सँगै गाउँपालिकामा हल्लखल्ल मच्चिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here