०९ बैशाख
उदयपुर। उदयपुर जेसिजद्धारा नेपाल पत्रकार महासंघ उदयपुरमा निर्वाचित नयाँ समितिलाई बधाई ज्ञापन गरेको छ । बुधबार गाईघाट स्थित होटल टाउन हलमा एक कार्यक्रमको आयोजना गरी उदयपुर जेसिजले महासंघको नयाँ नेतृत्वलाई सम्मान गरेको हो । पत्रकार महासंघ अध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित भरत खड्का, उपाध्यक्षमा निर्वाचित पर्शुराम थापा, सचिव विश्वराज तामाङ सदस्यहरु बुद्धि चामलिङ, किरन प्रसाद ढुंगाना, सरोज निरौला, चन्द्र राई लगायत कार्यक्रममा सहभागी थिए । महासंघको नयाँ नेतृत्वमा पुग्न सफल समितिलाई उदयपुर जेसिजका पूर्व अध्यक्ष सन्तोष गुप्ता, सबु थापाले खादा ओडाएर सम्मान गरेको थियो ,साथै नयाँ बर्षलाई लक्षित उदयपुर जेसिजले प्रकाशन गरेको क्यालेण्डर बिहीबार विमोचन गरिएको छ । आफ्ना कार्यक्रमलाईसमेत समेटेर तयार पारिएको क्यालेण्डर जेसिजका पुर्वअध्यक्ष सन्तोष गुप्ता र नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले संयुक्तरुपमा विमोचन गरे ।