मसलापाटी

२ वर्ष अगाडि / १२०५  पटक हेरिएको

०५ बैशाख,

उदयपुर।उदयपुरमा शनिबार दुई जनाले आत्महत्या गरेका छन् । चौदण्डीगढी नगरपालिका–६ बेल्टार वस पार्कछेउ माइत घर भएकी २२ वर्षीया फूलमाया राई र सोही नगरपालिका–५ सुन्दरपुरका ६३ वर्षीय जीवनाथ ढकालले झुण्डिएर आत्महत्या गरेका हुन् ।

राईले आफ्नै घरको कोठामा हिजो विहान ११ बजेको समयमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा बहिनीले देखेपछि तत्काल उद्धार गरी उपचारको लागि घोपा क्याम्प धरान लाने क्रममा बाटैमा निधन भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी ढकालले पनि आफ्नै घरको कोठामा गइ झ्यालको डण्डीमा नाइनलको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक फिन्जो भोटेले जाकारी दिनुभयो ।

आत्महत्याको कारण भने दुवैको नखुलेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here