मसलापाटी

१ महिना अगाडि / २६३  पटक हेरिएको

०५ बैशाख ,

उदयपुर।  जिल्लाको रौतामाई गाउँपालिका–७, नवज्योति सामुदायिक वनको हिले खोल्सी शिरमा मानसिक सन्तुलन गुमाएकी एक महिलाको कं’का’ल फेला परेको छ । बिगत केहि महिना यता ज’व’र ज’स्ती क’र’णी पश्चात ह’त्या गरि फा’लेको अवस्थामा शुक्रवार घाँस काट्न जाने स्थानीयहरुले फे’ला पारेपछि प्रहरीमा खबर गरेको थियो ।उक्त घ’ट्ना’मा रौतामाई गाउँपालिका ७ बस्ने पवन आछामेको छोरा २४ बर्षिय राजु आछामेलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले प’क्रा’उ गरेको छ । प्रहरीले खबर पाए लगत्तै सुक्ष्म अनुसन्धान गरी दोषीलाई प’क्रा’उ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सुचना अधिकारी बेद प्रसाद गौतमले जानकारी दिनुभयो । आछामेलाई प’क्रा’उ गरी अनुसन्धान पश्चात का’र्वा’ही अगाडी बढाएको पनि प्रहरीले जनाएको छ ।

तराईबासी जस्तो देखिने नाम थर एकिन नभएकी अन्दाजी २६–२७ बर्षकी ती महिला मुर्कुचि, सुकौरा, राजावास, अधेँरी आसपासमा मागेर खाई हिड्ने मानसिक सन्तुलन गुमाएकी महिला रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । २०७७-१२-११ गतेको दिन महिलालाई ज’वर ज’स्ती हातमा समातेर जंगलमा लगी क’र’णी पश्चात टाउ’कोमा ढुं’गा प्र’हा’र गरी ह’त्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । प्रहरीका अनुसार घ’ट’ना स्थलमा ह’त्या गर्न प्रहार भएको ढुंगा, महिलाको चुरा पोते र ह’त्या गर्ने व्यक्ति राजु आछामेको टोपी समेत फेला परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here