मसलापाटी

३ वर्ष अगाडि / ४०९  पटक हेरिएको

०५ बैशाख,

सिरहा । सिराहामा बोक्सी आरोपमा महिलालाई कुटपिट गरी यातना दिइएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । औरही गाउँपालिका–५ की ५० वर्षीय हिरादेवी साहलाई बोक्सीको आरोपमा कुटपिट गरी जबर्जस्ती मलमूत्र कोच्याएको आरोपमा २९ वर्षीय घुरन साहलाई प्रहरीले पक्राउ गरेको  हो । घुरन हिरादेवीका आफ्नै भतिजा हुन् । भतिज घुरनले कुटपिट गर्दै भुइँमा लडाएपछि  बुहारीहरू कौशिला, निशा र कविताले जबर्जस्ती मानव मलमूत्र मुखमा कोचेको उनले बताइन् ।घटनाको विषयमा आधिकारीक जानकारी वा उजुरी नआएको भन्दै पीडित महिलालाई जिल्लामा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सुदिप राजभण्डारीले जानकारी दिए ।हीरादेवीका श्रीमान् रामचलितर साह रोजगारका क्रममा भारतको चण्डीगढमा छन् । उनी छोराछोरीसहित घरमा बस्दै आएकी छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here