मसलापाटी

२ वर्ष अगाडि / ६९०  पटक हेरिएको

३ वैशाख,

 काठमाडौं । हावाहुरीसँगै परेको चट्याङका कारण ४ वटा जहाज भारत डाइभर्ट गरिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार विदेशबाट काठमाडौं आएका चार अन्तर्राष्ट्रिय जहाजलाई भारत डाइभर्ट गरिएको हो ।साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सलाई भारतको वनारस पठाइएको छ । दिल्लीबाट आएको एयर इण्डियाको जहाजलाई समेत वनारस पठाइएको छ । दोहाबाट आएको कतार एयरवेजको जहाजलाई कोलकाता पठाइएको छ ।दिल्लीबाट आएको नेपाल एयरलाइन्सको जहाजलाई दिल्ली नै फर्काइएको छ । आन्तरितकतर्फ समेत आकाशमै रहेका बेला ७ वटा जहाज डाइभर्ट गरिएको छ ।६ वटा बुद्ध एयरका जहाज र एउटा यति एयरको जहाज डाइभर्ट गरी सम्बन्धित गन्तव्यमै पठाइएको हो । साँझ ६ बजेपछि भने काठमाडौं विमानस्थलको भिजिविलिटीमा सुधार आएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here