मसलापाटी

३ वर्ष अगाडि / ३४२  पटक हेरिएको

वैशाख १, २०७८,

 काठमाडौँ । एमाले संस्थापन पक्षलाई चुनौती दिँदै समानान्तर समिति गठन गरिरहेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहसँग एकताको सम्भावना करिबकरिब सकिएको अध्यक्ष केपी ओली पक्षले जनाएको छ।पार्टीभित्र आन्तरिक संघर्षमा जुटेको खनाल–नेपाल पक्षका पछिल्ला अभिव्यक्ति र गतिविधिले गर्दा एकता कायम राख्नुको औचित्य नभएको र त्यसको सम्भावना पनि टरेको निष्कर्ष ओली समूहले निकालेको छ।‘माधव नेपालले पछिल्लो समयमा जुन अभिव्यक्ति दिनुभएको छ, त्यसले पार्टी एकता कायम रहन्छ भन्ने सोच्न पनि सकिन्न, उहाँकै कारण हजारौं नेता कार्यकर्ताको राजनीतिक भविष्य अन्योलमा पर्दैछ’, ओली पक्षका एक प्रभावशाली नेताले भने।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here