मसलापाटी

१ वर्ष अगाडि / ५५१  पटक हेरिएको

चैत ३१, २०७७,

खोटाङ। खोटाङमा फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा ५० लाख बढीको क्षति भएको छ।मंगलबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा भएको आगलागीमा ५० लाख ८६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरी प्रहरीले जनाएको छ।स्थानीय हर्कराज राईले सञ्चालन गरेको फर्निचर उद्योगमा विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए।बिहान रातिबाट लागेको आगो बिहान ५ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगोले उद्योगमा रहेका मेसेनरी औजार, तयारी फर्निचर, काठपातलगायत सबै जलेर नष्ट भएका छन्।उद्योगमा आगलागी भएको खबर पाउनसाथ नेपाली सेना, जनपद तथा सशस्त्र प्रहरी, नगरपालिकाको वारुणयन्त्र र स्थानीय बासिन्दाले करिब दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएको सञ्चालक राईले बताए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here