मसलापाटी

२ वर्ष अगाडि / ५६९  पटक हेरिएको

२०७७ चैत २९,

इटहरी। मोरङको विराटनगर महानगरपालिका ८ स्थित बलुवाईबाट प्रहरीले आफ्नै बाबुको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ५२ वर्षीय विको सहनीका जेठा र कान्छा दुई छोराहरु रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनामा संलग्न तीन जनामध्ये मृतक सहनीका माइला छोरा फरार रहेको कार्यालयको भनाइ छ ।

घरायसी झगडाका क्रममा छोराहरुले प्रहार गरेको घरेलु हतियारबाट घाँटीमा गम्भीर चोट लागी उपचारार्थ कोसी अस्पताल विराटनगर पुर्याइएका सहनीलाई चिकित्सकले तत्कालै मृत घोषित गरेका थिए । घटनामा संलग्नहरुका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here