मसलापाटी

१ महिना अगाडि / ८२  पटक हेरिएको

२०७७ चैत २८,

विराटनगर मोरङको केराबारी गाउँपालिका–८ स्थित खदम खोलाको बगरमा ढुंगाले  किचेर शुक्रबार दिउँसो एक महिलाको मृत्यु भएको छ । केराबारी–८ की ५० वर्षीया कुमारी लिम्बूले ढुंगाले किचेर घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।उनका अनुसार मृतक महिला खोलाको बगरमा रहेका ढुंगा टिप्ने र बिक्री गर्ने काम गर्थिन् । बिक्रीका लागि साना ढुंगा भेला पार्दै गर्दा त्यहीँ ढिस्कोमा अडिएर रहेको ठूलो ढुंगा एक्कासि पल्टिएर लिम्बूलाई किचेको राईले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here