२०७७ चैत २८
नयाँदिल्ली। भारतमा कोरोना भाइरसबाट एकै दिन झण्डै डेढ लाख संक्रमित भएका छन्। यो संख्या कोरोना महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन्।उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट एक लाख ४५ हजार ३८४ जना संक्रमित भएका हुन्। सरकारी अधिकारीहरुले सोही अवधिमा भारतमा देशभर कुल ७९४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।