मसलापाटी

३ वर्ष अगाडि / ६२१  पटक हेरिएको

 चैत्र २०, बागलुङ – बागलुङकाे बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ। बडिगाड-२, सीमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका गुल्मी मुसिकोट नगरपालिका-७ स्थायी घर भई सीमलचाैर बस्ने ३१ वर्षीय मित्रबहादुर रानाको मृत्यु भएकाे बागलुङ प्रहरीले जनाएकाे छ। रानालाई उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमै बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए। विष्फोटमा गम्भीर घाइते भएका बडिगाड गाउँपालिका–२, हाडिखोलाका २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको छ।स्थानीयवासी दुर्गाबहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा एक्कासि विष्फोट हुँदा दुईजना बिहीबार दिउँसो गम्भीर घाइते भएका थिए।  रासस

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here