मसलापाटी

२ वर्ष अगाडि / ८१७  पटक हेरिएको

२० चैत्र काठमाडौँ । नेपाली काँग्रेसले तल्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउनेबारे बोलेको भिडियो सार्वजनिक गरेको छ । पार्टी सूचना सञ्चार तथा प्रचार विभागले २०४८ सालमा  निर्वाचन हुने बेलामा प्रधानमन्त्री रहेका भट्टराईले मेलम्चीको पानी काठमाडौँ ल्याउने सम्बन्धमा बोलेको क्लिपसहित भिडियो सार्वजनिक गरेको हो ।भिडियोमा भट्टराईले ‘मैले अब ल्याउँछु, त्यही मेलम्चीको पानी’ भन्‍ने क्लिप राखिएको छ । भिडियोमा अरु आवाज भने विभाग प्रमुख तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको छ ।’किसुनजीले भन्दा त्यसबेला काठमाडौँबासीले पत्याएकै थिएनन् । तर, त्यो दिन आइपुग्यो,’ शर्माले भिडियोमा भनेका छन् । पार्टीले यो सुखद् क्षणमा काँग्रेस नेतृत्वको सरकारले गरेको त्यो निर्णय र किसुनजीलाई स्मरण गर्ने शर्माले भनाइ छ ।साथै आयोजना निर्माणमा आर्थिक र भौतिक सहयोग गर्ने विदेशी, उत्कृष्ट डिजाइन गर्ने सक्षम इञ्जिनियर, आयोजनाको प्रगतिमा ईट्टा थप्ने पछिल्ला सरकार र सिन्धुपाल्चोकबासी प्रति काँग्रेसले आभार प्रकट गरेको छ ।आयोजना निर्माणका क्रममा दिवंगत भएका इञ्जिनियर र श्रमिकहरूप्रति काँग्रेसले श्रद्धाञ्जली प्रकट गरेको छ ।रातोपाटीबाट 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here