मसलापाटी

२ वर्ष अगाडि / ८३०  पटक हेरिएको

चैत्र २० ,उदयपुर। उदयपुरको उदयपुरगढी गाउँपालिका ७ घ्याम्पेमा विजुली बत्ती पुगेपछि स्थानीय हर्षित बनेका छन ।बर्षौदेखि अध्यारोमा बस्दै आएका एकसय घरधुरी घ्याम्पे, मैन्टार, पान्तले, गैरीटार र सत्यवतीका स्थानीयको उज्यालोका बस्ने सपना प्रदेश सांसद नारायण बुर्जामगरले पुरा गरिदिएका छन ।नेपाल विद्युत प्राधिकरण र श्री बलान सामुदायिक वन उपभोक्ता समुहको साझेदारमा घ्याम्पे आसपासका सय घरधुरीमा आजदेखि घरघरमा बत्ती झिलिमिली भएको स्थानीय समेत रहेका नेकपा माओवादी केन्द्रका नेता भुवन केप्छाकिमगरले बताए ।बत्ती आएपछि स्थानीय जनतामा खुसियाली छाएको स्थानीय किरण लुङेलीले बताए । प्रदेश सरकारकाे एक करोड बीस लाख र सामुदायिक बन उपभोक्ता समुहबाट सात लाख लागतमा बत्ती बलेको हो ।प्रदेशसभा सदस्य बुर्जामगर पहलमा गरिब जनताको घरघरमा बत्ती पुगेको स्थानीय भिम भट्टराई बताउछन । नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेशसभा सदस्य बुर्जामगरले बिहिबार उक्त क्षेत्रको बत्तीको उद्धाटन गरेका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here