मसलापाटी

२ वर्ष अगाडि / १७८७  पटक हेरिएको

१९ चैत्र , विराटनगर । विराटनगरबाट ६३ जना यात्रु बोकेर काठमाण्डौंका लागि उडेको जहाज मौसमका कारण बुधबार राती एक घण्टापछि विराटनगरमै ल्याण्ड हुनु परेको छ । काठमाण्डौंमा बढेको प्रदुषणका कारण एप्रोजमा पुगेको बुद्धको एटीआर ७१६ नम्बरको जहाज बुधबार राती १०ः३० बजे विराटनगर फर्कनु परेकोे थियो ।
जहाजमा अन्य कुनै समस्या नभएका कारण विराटनगर विमानस्थलमै फर्काएर अवतरण गराइएको हो । नागरिक उड्डयन प्राधिकरण विराटनगर कार्यालयका प्रमुख उत्सव खरेलका अनुसार जहाजले ८ः३० मा उडान भरेको थियो । काठमाण्डौंको एप्रोजमा पुगेपछि अकास्मत मौसममा खराबी आएपछि आकाशमै एक घण्टासम्म होल्ड गराएर १०ः३० मा फर्काइएको थियो । जहाजको उडान समय ६ः३० बजे थियो । मौसमकै कारण विराटनगरबाट ढिला उडान भरेको थियो ।

काठमाण्डौंका लागि उडान भरेका यात्रुले मध्यरातमा विराटनगरनै फर्कनु परेपछि सास्ती बेहोरेका थिए । उनीहरुले मध्यरातमा विकल्पबिहीन भएको भन्दै बुद्ध एयरको व्यवस्थापनसँग सहयोग माग गरेका थिए । तर, बुद्धको व्यवस्थापन पक्षले भने यात्रुलाई अलपत्र छोडिदिएपछि केहिबेर विवाद समेत भएको थियो । विराटनगर विमानस्थलबाट उडान भरेको जहाजले वैकल्पिक विमानस्थलको रुपमा भैरवामा ल्याण्ड गर्नसक्छ । यदि भैरहवा नगएर विराटनगरनै फर्कनसक्ने विकल्प पनि रहन्छ । विराटनगर नै फर्काएको अवस्थामा यात्रुहरुको कुनै पनि व्यवस्थापनको जिम्मेवारी कम्पनिले लिदैन ।

जुन गेट–वे बाट उडान भरेको छ, त्यहि गेट–वे मा ल्याण्ड गरेको अवस्थामा यात्रुको व्यवस्थापन गर्नुपर्ने नियम छैन, बुद्ध एयर विराटनगरका स्टेशन मेनेजर कौशल भण्डारीले भन्नुभयो–एक मिनेट ढिलो हुँदा मौसममा आएको खराबीले जहाज विराटनगर नै फर्किएको हो । जहाज फर्काएपछि पाइलटहरुलाई एशियाटीक होटलमा राखिएको थियो । तोकिएको सेड्युलमा उडान भरेर पनि गन्तव्यमा पुग्न नपाएका यात्रुहरुले त्यसपछिका जुनसुकै उडानमार्फत गन्तव्यमा पुग्न पाउने सुविधा हुने स्टेशन मेनेजर भण्डारीले बताउनुभयो । विराटनगर फर्किएको जहाजले बिहीबार विहान काठमाण्डौंका लागि पुनः उडान भरिसकेको छ ।आवरबिराटनगर.नेटबाट

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here