१८ चैत्र ,
वीरगञ्ज। बाराको कोल्हवी नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।मंगलबार राति ७ बजेको समयमा कोल्हवी नगरपालिका वडा नम्बर १ निकासमा ना ५४ प ६८५१ र विपरीत दिशाबाट आएको ज ७ प ६०३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो।दुर्घटनामा ना ५४ प ६८५१ नम्बरको मोटरसाइकलका चालक कोल्हबी नगरपालिका ६ अधनवा बस्ने १८ वर्षका विकाश चौधरीको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।