मसलापाटी

३ वर्ष अगाडि / ४८८  पटक हेरिएको

१८ चैत्र ,

मकवानपुर। मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर एक वृद्ध पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मृत्यु हुनेमा राक्सिराङ–६ बस्ने ७० वर्षीय भीमबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रजाको गए राति जङ्गलको आगो निभाउन जाँदा स्थानीय सिलिङ्चेमा भिरबाट लडेर मृत्यु भएको हो । मृतक प्रजाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक प्रजा स्थानीय वडाध्यक्ष सिंहबहादुर प्रजाको बाबु रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here