मसलापाटी

२ वर्ष अगाडि / ७९०  पटक हेरिएको

१८ चैत्र ,

जनकपुरधाम।   मंगलबारबाट सम्पर्कविहीन बनेका महोत्तरीका सात बालिका तथा किशोरी भारतको भारतको विहारस्थित सीतामढीमा भेटिएका छन्।उनीहरूलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्पर्कविहीन हुनेमा महोत्तरीको भंगहा नगरपालिका–८, धर्मपुर टोलका अर्चना पासवान, सीमा पासवान, रंजना पासवान, ज्योति पासवान, रिया पासवान, नगिना पासवान र अस्मिता पासवान हुन्।नेपाली अधिकारकर्मी सरोज रायले त्यहाँका प्रहरी अधिकारीसँग बालिकाका विषयमा कुराकानी गरेका थिए। प्रहरी अधिकारीले बालिकाहरू सकुशल रहेको जानकारी गराएका छन्। उनीहरूको साथमा अरू कोही व्यक्ति नभएको र उनीहरूले गायक बन्नका लागि भारत हिँडेको बताएको प्रहरी अधिकारीको भनाइ छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here