मसलापाटी

२ वर्ष अगाडि / १२७३  पटक हेरिएको

१८ चैत्र 

झापा। महिलालाई घरमै राखी देहव्यापारमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले दमक नगरपालिकाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू छन् । उनीहरुलाई दमक नगरपालिका–६ स्थित नयाँ सब्जीमण्डीमा घरभाडामा लिएर देहव्यापार गराउँदै आएको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । सोही घरबाट आठ जना १७ वर्षदेखि ३९ वर्ष उमेर समूहका महिलाको समेत प्रहरीले उद्धार गरेको छ ।

उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । दुई महिलालाई यही चैत १५ गते प्रहरी पक्राउ गरेको थियो । पक्राउ परेका दुवै महिलालाई मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।(रासस)

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here