मसलापाटी

३ वर्ष अगाडि / ५०९  पटक हेरिएको

उदयपुर,चैत १७ । जंगलमा लागेको डढेलो निभाउन जाने क्रममा त्रियुगा नगरपालिका १४, धाप्लाङका एक महिलासहित दुईजना गम्भीर घाईते भएको छ । सोमबार दिउसो यात्रुबाहक बसले मोटरसाईकललाई ठक्कर दिँदा उनिहरु धाईते भएको हो । पछिल्लो समयमा बिभिन्न ठाउँको जगंलहरुम धमाधम आगलागी हुने कार्यत्र भईरहेको छ ।

साउने चोकको बिपरित दिसाबाट आउदै गरेको ना ४ ख २३०९ नंं.को यात्रुवाहक बसले स ७ प ७२७० नंं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल सवार दोमन राई र चक्रकुमारी राई गम्भीर घाईते भएका हो। स्थानीय दुधकोसी सामुदायिक वन समूहमा लागेको डढेलो निभाउन जाँदै गरेका उनीहरु सवार मोटरसाईकल अनियन्त्रित भएको बसले ठक्कर दिएर घाईते बनाएको स्थानीय अगम राईले बताए । उनका अनुसार दिउँसो १ः०० बजे भएको दुर्घटनामा घाईते दुवैजनालाई स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको छ ।

मोटरसाईकल चालक दोमन वन समूहका उपाध्यक्ष र चक्रकुमारी सहसचिव भएकाले वन लागेको डढेलोलाई नियन्त्रण गर्न जंगलतर्फ जाने क्रममा उक्त दुर्घटना हुन पुगेको स्थानीयले बताएका छन् । उनीहरु दुवैलाई सोहि साँझै बिराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरेर सघन कक्ष (आईसियु)मा उपचार भईरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पारिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here