मसलापाटी

२ वर्ष अगाडि / ११०४  पटक हेरिएको

१७ चैत्र २०७७, 

काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका कुख्यात् अपराधी चार्ल्स शोभराजका अन्तर्वार्ता बेलायती अखबारमा छ्यापयाप्ती भएपछि कारागार व्यवस्थापन विभाग आश्चर्यचकित भएको छ।हत्या कसुरमा २० वर्षदेखि जेल जीवन बिताइरहेका शोभराजका अन्तर्वार्ता बेलायती सञ्चारमाध्यम डेलीमेल र सन्डे मिररमा प्रकाशन भएका हुन्।कारागारमा रहेका कसुरदारले सार्वजनिक अभिव्यक्ति दिँदा काराागर प्रशासनको अनुमति लिनुपर्ने हुन्छ।तर शोभराजलाई त्यस्तो अनुमति नदिँदा नदिँदै पनि उनको अन्तर्वार्ता विदेशी सञ्चारमाध्यममा आएपछि कारागार व्यवस्थापन विभाग आश्चर्यमा परेको हो।कर्तव्य ज्यान मुद्दामा हाल काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका चार्ल्स शोभराज।उनको अन्तर्वार्ताका लागि विभागसँग अनुमति मागिएको तर नदिइएको विभागका सूचना अधिकारी देवर्षी सापकोटाले दाबी गरेका छन्। तर पनि अन्तर्वार्ता आएकाले अब यसबारे छानबिन हुने विभागले जनाएको छ।

सन्डे मिररसँग शोभराजले अब चाँडै आफू रिहा हुन लागेको बताएका छन्। साथै उनले आफू निर्दोष रहेको दाबीसमेत गरेका छन्।‘म पूर्णतया निर्दोष छु। अब तीनदेखि चार सातासम्ममा रिहा हुनेछु,’ शोभराजले भनेका छन्।सन् २००४ मा आफूविरुद्ध भएको सुनुवाइ गलत भएको र राष्ट्रसंघीय मानव अधिकार समितिको नीतिविपरित भएको उनले दाबी गरेका छन्।उनले भनेका छन्, ‘सन् २०१० जुलाई २७ मा आयोगको १२ सदस्यीय समितिले गरेको निर्णयले म निर्दोष छु भन्ने पुष्टि भएको छ।’नेपालखबरबाट

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here