मसलापाटी

३ वर्ष अगाडि / ३८९  पटक हेरिएको

काठमाडाैँ, १७ चैत । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेललाई दिएको समर्थन फिर्ता लिने भएको छ ।सोमबार प्रदेश पार्टी कार्यालय बबरमहल, काठमाडौंमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै तीन वर्षदेखिको सत्ता साझेदारी टुंगिने भएको होमाओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सशक्त प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो । तत्कालीन समयमा सत्तारुढ दल नेकपा (एमाले) सँगको एकतापूर्वको अवस्थामा प्रदेश संसदीय दलका पदाधिकारीलाई पुनः चयन गरिएको जम्मकट्टेलले बताउँनु भयो ।माओवादी केन्द्रको प्रदेश संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल, उपनेतामा कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी, सचेतकमा प्रतिमा श्रेष्ठ चयन भएका छन् । जम्मकट्टेले तत्काल प्रदेशसभा बैठक बोलाउन समेत माग गरेको जानकारी दिनुभयो ।न्युज २४ नेपालबाट

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here