मसलापाटी

३ वर्ष अगाडि / ४४५  पटक हेरिएको

१७ चैत्र २०७७

 इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २ को बेलगाछिमा भाला प्रहार गरेर एक जनाको हत्या भएको छ ।सोमबार दिउँसोको समयमा सोही ठाउँका ५० वर्षीय केशव कार्कीको हत्या भएको हो । हत्या गर्ने सोही ठाउँका जीवनदास रेग्मी रहेका छन् । उनीहरुबीच मनमुटाव रहेको स्थानीयको भनाइ छ । केही दिनअघि पनि रेग्मीले कार्कीको रातिको समय हत्या प्रयास गरेको स्थानीयले बताएका छन् । प्रहरीले हत्या गरेको केही समयमा नै रेग्मीलाई स्थानीयको सहयोगमा पक्राउ गरेको थियो । कार्कीको शव पोस्टमार्टमको लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।दिउँसो घरमा सुतिरहेको बेला केशवलाई जीवनले उनकै कोठामा भाला प्रहार गरेका थिए । भाला प्रहारपछि उनी छटपटाउँदै बाहिर निस्केको परिवारको भनाइ छ । ‘दाइ सुतिरहेको बेल त्यसले भाला हानेछ । दाइलाई विभिन्न ठाउँमा चोट लागेको थियो । दाइ भागेर मेरो घरमा आउनुभयो’, मृतक केशवकी बुहारीले भनिन् । उनका अनुसार भाला लिएर नै जीवनले केशवलाई खेदाएका थिए । ‘दाइलाई खेदाएर हाम्रो घरसम्म ल्यायो । त्यहाँ आएपछि हामी देउरानि जेठानी भएर भाला खोस्यौँ । त्यतिञ्जेलसम्म दाजु लडिसक्नु भएको थियो’, उनले भनिन् । त्यसपछि केशव बेहोस भएर बुहारीको घरमा लडेका थिए । भाला खोसेपछि जीवन उनीहरुको घरबाट पश्चिम भागेका थिए । भालाले लागेर गम्भीर घाइते भई लडेका उनलाई परिवारले सम्हाल्न थाले । भाग्यवश केशवका भतिजले जीवन भागेको देखे । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ खटेको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here