आज होली पर्व मनाइँदै

आज पहाडी तथा हिमाली जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइँदै छ ।तराइका जिल्लाहरुमा भने भोलि अर्थात सोमबार विशेष रुपमा यो पर्व मनाउने गरिन्छ ।

मसलापाटी

२ वर्ष अगाडि / ६४७  पटक हेरिएको

१५ चैत्र २०७७

उदयपुर। रङहरुको पर्व फागु आज पहाडी तथा हिमाली जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ ।बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साताअघि काठमाडौको वसन्तपुरमा चीर ठड्याएपछि शुरु भएको थियो ।रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि सुरु भएको फागु पूर्णिमाको आज विशेष दिन हो । तराइका जिल्लाहरुमा भने भोलि अर्थात सोमबार विशेष रुपमा यो पर्व मनाउने गरिन्छ ।असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ ।कोरोना संक्रमणका कारण यो वर्षको फागू पनि फिक्का हुने देखिन्छ । सरकारले कोरोनाको जोखिम कायमै रहेकाले फागू घरभित्रै मनाउन आग्रह गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here