मसलापाटी

३ वर्ष अगाडि / ४५७  पटक हेरिएको

१५ चैत्र २०७७

भरतपुर । चितवनको भरतपुरमा शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठोक्किंदा तीन जनाको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठोक्किंदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो । ना ५ ख २१५० नम्बरको बस र ना ४० प ७०८२ नम्बरको स्कुटर ठोक्किएरु दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए।दुर्घटनामा परी स्कुटरमा सवार भरतपुर–६ गीतानगरका ४० वर्षीय स्कुटर चालक मोहन अधिकारी, स्कुटरमा सवार चालकको दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारी र सोही स्थानका मोहनकी छोरी १७ वर्षीया विनिसा अधिकारीको मृत्यु भएको थापाले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here