मसलापाटी

२ वर्ष अगाडि / ६३२  पटक हेरिएको

१३ चैत्र २०७७

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० स्थित रातमाटेमा आज राती एक घर जलेर नष्ट भएको छ । बिहानी हुने बेला करिब रातको साढे २ः०० बजेदेखि सुरु भएको आगोले स्थानीय भवकुमारी न्यौपानेको दुईतले घर जलेर नष्ट भएको हो ।

टायलको छानो भएको दुई तले घरमा बिद्युत् सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता बेदप्रसाद गौतमले जानकारी दिए । घटना लगतै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गएको टोली, नेपाली सेना र सशस्त्र प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगो झण्डै डेढ घण्टापछि बिहान ३ः५५ बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट घरमा रहेको लत्ताकपडा भाँडाबर्तन, अन्नपात, नगद, सुनचाँदी गरी १५ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । क्षतिग्रस्त सोही घरमा रहेको ‘रातमाटे टोल विकास समिति’को दराज, टेवुल र कुर्सी गरी तीन लाख जम्मा १८ लाख क्षति भएको छ भने घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here