मसलापाटी

३ वर्ष अगाडि / १४०६  पटक हेरिएको

१३ चैत्र २०७७

विराटनगर ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गर्न लागेको छ ।अहिले भएका सबै मन्त्रालयमा र दुई जनालाई राज्यमन्त्री नियुक्त गर्न लागेको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले बताए । आजै दिउँसो उनीहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको उनले बताए ।भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्रीमा बढुवा हुने भएका छन् ।  माओवादी केन्द्रको संसदीय दलको नेता छोडेर आएका टंक आङ्बोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्री, माधवकुमार नेपालको क्याम्प छोडेर आएकी उषाकला राईलाई सामाजिक विकास मन्त्रीको जिम्मेबारी दिने निश्चित भएको हो ।यस्तै, प्रदेशसभा सदस्य कला घले र राजकुमार ओझालाई राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । घलेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र ओझालाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here