मसलापाटी

३ वर्ष अगाडि / ६०७  पटक हेरिएको

१० चैत्र २०७७

काठमाडौं । काठमाडौंमा एक १९ वर्षीया युवतीलाई उनकै प्रेमीले मट्टितेल खन्याएर आगो लगाएका छन् ।कागेश्वरी मनोहरा नगरपालिका–८ मा सोलुखुम्बु घर भएकी १९ वर्षीय पूजा कार्कीलाई दोलखाका सुरज श्रेष्ठले आगो लगाएको प्रहरीले जानकारी दिएको छ । प्रेमिकालाई आगो लगाएपछि युवकले आफूलाई पनि आगो लगाएको तर उनको भने अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । पूजा बुद्धचोकमा र सुरज जोरपाटीमा बस्दै आएका छन् ।प्रेमीले आगो लगाएकी युवती गम्भीर घाइते भएकी छन् । युवतीको कीर्तिपुरस्थित अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।सुरज श्रेष्ठको भने साँखुमा उपचार भइरहेको छ । युवकले लागूऔषध सेवन गरेर शुरुमा युवतीलाई कुटपिट गरेको र पछि मट्टितेल खल्याएर आगो लगाएको पाइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here