मसलापाटी

२ वर्ष अगाडि / ८६९  पटक हेरिएको

०८ चैत्र २०७७

डडेल्धुरा । डडेल्धुरामा घरायसी विवादमा श्रीमानले आग्लो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । विवाद हुँदा शनिबार दिउँसो नवदुर्गा गाउँपालिका–५ ठाँटाका २९ वर्षीय श्याम साउदले २८ वर्षीय श्रीमती मनिषा साउदलाई आग्लोले हिर्काएका थिए ।ढोकामा लगाउने डेढ फिटको आग्लोले हिर्काएर पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्यामले प्रहरीसँग आफैंले हत्या गरेको साविती बयान दिएका छन् । मनिषाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here