मसलापाटी

३ वर्ष अगाडि / ३९७  पटक हेरिएको

०८ चैत्र २०७७

चितवन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन तयारीमा लाग्न आफ्ना कार्यकर्तालाई आह्वान गरेका छन्। अन्य पाटी र कम्युनिस्ट पार्टीको विवादले अन्योलमा परेको राजनीतिलाई छाडेर पार्टी बनाउनतिर लाग्नुपर्ने देउवाको भनाइ छ।‘कम्युनिस्ट पार्टीको विवादलाई चासो नदिएर पार्टीलाई जनताको काममा सक्रिय बनाउनुपर्छ’, सभापति देउवाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसका अवसरमा शनिबार रत्ननगरमा आयोजित कार्यक्रममा भने।देउवाले कम्युनिस्ट पार्टीभित्रको विवादको किनारा नलागेको भन्दै जनतालाई खुसी पारे मात्रै पार्टीले बहुमत ल्याउने बताए।

उनले अड्डा अदालत, प्रहरी प्रशासनजस्ता विभिन्न स्थानमा पुगेर जनताको सुख–दुःखमा सहयोग गरेर मत जिते मात्रै भोट दिने बताए। अघिल्लो निर्वाचनको मितिले दुई वर्षभित्र जसरी पनि निर्वाचन हुने भन्दै उनले त्यसका लागि अहिले नै जनताको घरमा पुग्न निर्देशन दिए।उनले माओवादीले समर्थन फिर्ता नलिएको र संसद्मा कम्युनिस्ट सरकारकै बहुमत रहेको उल्लेख गर्दै त्यसमा ध्यान नदिन आग्रह गरे।पार्टीभित्रको मतभेद छाडेर लागे बहुमत ल्याउने उनको भनाइ थियो। उनले आफू प्रधानमन्त्री बन्न लालायित नभएको बतए।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here