मसलापाटी

३ वर्ष अगाडि / ५८३  पटक हेरिएको

०६ चैत्र २०७७

काठमाडौं ।  सरकारले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा  १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्दै  सरकारले १० लाख सहयोग गर्ने बताएका हुन्।उपप्रधानमन्त्री पोखरेलले बिहान साढे ९ बजे नर्भिक अस्पताल पुगेर जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए। सो क्रममा उनले जोशीको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेका थिए। गत फागुन १४ गते मस्तिष्कघात भई नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here