मसलापाटी

३ वर्ष अगाडि / ९९८  पटक हेरिएको

०५ चैत्र २०७७,

उदयपुर । उदयपुरमा ५६ वर्षीय एक बृद्धलाई आजीवन कारावासको फैसला सुनाइएको छ । आठ वर्षकी आफ्नै नातीनि बलात्कार गरेको आरोपमा पुरपक्षका लागि कारागारमा रहेका हजुरबालाई थप चारवर्षसहित आजीवन जेल सजाय फैसला भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिकाका स्थानीय ती बृद्धले २०७७ साउन १२ गते पीडितलाई घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको आरोप छ । बालीकाको परिवारबाट भदौ ९ गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दर्ता भएको थियो । पीडितको उजुरीपछि नियन्त्रणमा लिइएका बृद्धलाई जिल्ला अदालतले असोज २ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

मंगलबार अन्तिम फैसला गर्दै जिल्ला न्यायाधिश माधवप्रसाद सिलुवालको एकल इजलासले कसुर ठहरसहित आजिवन कारावास र थप चार बर्ष कैद सजाय सुनाएको श्रेष्तेदार धनबहादुर कार्कीले जानकारी दिए । योसँगै जरिवानावापत ४० हजार रुपैयाँ र सरकारले स्थापना गरेको पीडित राहत कोषमा चार हजार चार सय रुपैयाँ भराउनसमेत अदालतले आदेश दिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here