मसलापाटी

३ वर्ष अगाडि / ३८७  पटक हेरिएको

०५ चैत्र २०७७,

काठमाडौं । पछिल्लो थपसहित देशभर १ करोड ६२ लाख ४३ हजार मतदाता संख्या पुगेको छ । निर्वाचन आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार पछिल्लो संकलित नामावली अद्यावधिकपछि १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता पुगेका छन् ।

नयाँ संख्या थपपछि मतदानस्थल १० हजार ६ सय ६० कायम हुने भएको छ । यसअघि, २०७४ सालमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ५४ लाख थिए । यो संख्या आधार मान्दा तीन वर्षमा ८ लाख ४३ हजार नयाँ मतदाता थपिएका हुन् ।

सरकारले गत ५ पुसमा प्रतिनिधि सभा विघटन निर्णय गरेर वैशाखका लागि नयाँ निर्वाचन मिति तोकेपछि आयोगले गत ६ पुसबाट नामावली संकलन रोक्नुका साथै संकलित नामावली अद्यावधिक गरेको थियो । तर, सरकारले तोकेको निर्वाचन भने संसद् पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै स्थगित भइसकेको छ ।

आयोगले निकालेको नयाँ नामावली सूचीअनुसार सबैभन्दा धेरै मतदाता मोरङमा ६ लाख ६९ हजार ४ सय ९० र त्यसपछि काठमाडौंमा ६ लाख १३ हजार ४ सय ९७ छन् । त्यस्तै, सबैभन्दा कम मनाङमा ५ हजार ९ सय ७६ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले गत ६ पुसदेखि स्थगित मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुनः ५ चैतदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट सुरु गर्ने निर्णय गरेको छ । १८ वर्ष पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम लेखाउन सक्ने छन् ।आजको राजधानी दैनिकमा समाचार छापिएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here