मसलापाटी

२ वर्ष अगाडि / ४५७  पटक हेरिएको

०४ चैत्र २०७७

काठमाडौं । बल्खुस्थित सुकुम्बासी बस्तीमा ३३ वर्षीया सन्तोषी श्रेष्ठको हत्या भयो । सोमबार उनको हत्या गरेर बोरामा पोको पारेको अवस्थामा शव भेटिएको थियो ।हत्यामा उनकै श्रीमान सन्तोष सापकोटाको संलग्नता देखिएको छ।बुवा र भाइसँग सन्तोष बल्खुस्थित सुकुम्बासी बस्तीमा बस्थे । बारम्बार झगडा हुन थालेपछि सन्तोषी चाहिँ कोभिड–१९ संक्रमण शुरु भएपछि माइतीघरमा बस्न थालेकी थिइन् ।बुवा र भाई लाई काममा पठाएर सन्तोषले ह्यामरले हिर्काएर श्रीमतीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सानेपास्थित सहकारीमा किस्ता बुझाउन सन्तोषीले माइतबाट २३ हजार पैसा लिएर गएकी थिइन् । पैसा बुझाउनुअघि सुकुम्बासी बस्तीमा पुगेकी उनको हत्या गरेर सन्तोषले सो पैसा लुटेका लुटेको प्रहरीको भनाइ छ ।  हत्यापछि सन्तोषीले लगाएको सुनको सिक्री, बाला र मुन्द्रा लुटेर उनी भागेका थिए ।बुधवार साँझ कुलेश्वर मन्दिर नजिकैबाट सन्तोषलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले  बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here