सरोज निरौला

३ वर्ष अगाडि / ९६९  पटक हेरिएको

०२ चैत्र २०७७,

उदयपुर।(गाइघाट)आउदो जेठ १५ गते हुने त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको नेतृत्व चयनमा रमेश रसाईली नेतृत्वसहितको प्यानललाई नेपाली कांग्रेस उदयपुरले समर्थन गर्ने भएको छ । २०७७ चैत २ गते बसेको जिल्ला कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

स्थानीय व्यापारीहरुको छाता संगठन त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको नयाँ नेतृत्व चयनका लागि २०७८ जेष्ठ १५ गते अधिवेशन मिति तय भइसकेको छ । अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने व्यवस्था अनुसार रसाईलीको प्यानललाई मत दिन कांग्रेस उदयपुरले आफू निकट व्यापारी तथा व्यवसायीहरुलाई आग्रह गरेको छ ।कांग्रेस उदयपुरका सभापति बिदुर बस्नेतले पार्टीद्धारा सोमबार भएको निर्णय सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । कांग्रेस सभापति बस्नेतबाट सार्वजनिक निर्णयसँगै त्रियुगा वाणिज्य संघको अधिवेशन सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि बजारमा केही व्यवसायीको नाम चर्चामा आएपनि यसअघि सार्वजनिक रुपमा निर्णय भएको थिएन । यस अर्थमा रसाईली वाणिज्य संघको अध्यक्षका लागि खुल्ने उम्मेदवारमध्ये पहिलो हुन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here