२६ फाल्गुण २०७७,
उदयपुर। उदयपुरको १७ बर्षीया किशोरीलाइ भतmपुर लगी पटक पटक बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेकोछ। सिराहाको धनगठी नगरपालीका ४ सन्तनगरका २७ बर्षीय दुर्गानन्द चौधरीलाइ बलात्कारकोआरोपमा पक्राउ गरेको हो। उनले किशोरीलाइ यही फागुन ११ देखी १४ गतेसम्म मध्यपुरठिमी नगरपालीका ३ कोशलटार स्थित आफ्नै कोठामा ल्याएर बलात्कार गरेको आरोप लागेको हो। उदयपुर गाइघाटकी ती किशोरीलाइ विभिन्न प्रभोलनमा परी विबाहा गर्छू भन्दै का ेठामा ल्याइ जबर्जस्ती करणी गरेको पीडितले फागुन ११ गते जाहेरी दिएको प्रहरीले जनाएको छ। प्रहरीले चौधरीलाइ कोशलटारस्थित कोठाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भतmपुरले जनाएको छ। प्रहरीले भतmपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान र कारवाही अगाडी बढाएको छ।
आजको बरुवा टाइम्स दैनिकमा समाचार छापिएको छ।