मसलापाटी

३ वर्ष अगाडि / ६४५  पटक हेरिएको

२५ फाल्गुण २०७७,

सुर्खेत।दैलेखको आठबीस नगरपालिकाकी एक महिलाले घरेलु हिंसाका कारण चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेकी छन्। आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुनिता बडुवालले १५ वर्षीया छोरी कल्पना, १२ वर्षीया छोरी सरिता, १९ वर्षीय छोरा ललित र सात वर्षीया छोरी रजनीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशंका प्रहरीको छ।प्रहरी चौकी राकमका इन्चार्ज ज्ञानबहादुर रानाका अनुसार आइतबार बेलुका चार बजेतिर सुनिता चार छोराछोरीसहित घरबाट हिँडेकी थिइन्। ‘दुई छोरीको शव फेला परेलगत्तै अनुसन्धानका लागि सुनिताका श्रीमानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं,’ रानाले भने, ‘बाँकीको खोजीकार्य भइरहेको छ।’

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here