२४ फाल्गुण २०७७,
काठमाडौं ।मालपोत कर्मचारीको मिलेमतोमा जग्गा दलालले नक्कली कागजात बनाई काठमाडौंको थानकोटमा एक रोपनी चार आना जग्गा बिक्री गरेको खुलेको छ ।नक्कली कागजात बनाई सो जग्गा एक करोड सात लाख रुपैयाँमा बिक्री गर्न सहयोग गर्ने मालपोत कार्यालयका कर्मचारी पक्राउ परेपछि यो तथ्य सार्वजनिक भएको हो ।प्रहरीका अनुसार जग्गा बिक्री गर्ने कलंकीस्थित मालपोत कार्यालयका अधिकृत दीपक दाहाल, नायब सुब्बा नारायण श्रेष्ठ र खरिदार दीपा पंगेनी पक्राउ परेका हुन् । उनीहरूले धादिङ–५ पतेनीका बालप्रसाद भट्ट र काभ्रे पनौतीका पुण्यप्रसाद काफ्लेलगायतसँगको मिलेमतोमा थानकोटस्थित मीना खड्काको नाममा रहेको जग्गा बिक्री गरेका थिए ।विदेशमा रहेका जग्गाधनीको नक्कली कागजात बनाई सो जग्गा एक करोड सात लाख रुपैयाँमा बिक्री गर्न सहयोग गर्ने मालपोत कार्यालयका कर्मचारी पक्राउ परेपछि यो तथ्य सार्वजनिक भएको हो ।