२० फाल्गुण २०७७,
काठमाडौँ। सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएसँगै सरकारले विप्लवमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।सहमतिसँगै सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाएको छ।
सरकारले विप्लव समूहका पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमतिसमेत गरेको छ। बिहीबार सरकार र विप्लवबीच सहमति पत्रमा हस्तारक्षर गरि सहमति गरेको हो । बालुवाटारमा भएको वार्तामा दुई पक्षबीच २१ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र सम्मेलनमा ‘विप्लव’ले सम्बोधन गर्ने गरी सहमति भएको छ ।सरकारले आतंककारी गतिविधि गरेको भन्दै २८ फागुन २०७५ मा ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगाएको थियो ।