मसलापाटी

२ महिना अगाडि / १०११  पटक हेरिएको

१५ फाल्गुण २०७७,

काठमाडौं। काठमाडौंको कोटेश्वर–३२ सहयोगीनगरस्थित सौभाग्यशाली सहकारी लुटियो ।माघ २५ मा साँझ ५ बजेतिर सहकारी लुटिएको हो। सहकारीमा एकजना ऋणीले माघ २५ मा कार्यालय समय सकिन लाग्दा बुझाएको १० लाख र बजारबाट संकलन गरेको करिब ८ लाख रकम थियो । तर भोलीपल्ट सहकारीको ढोका खोलेर १७ लाख ८५ हजार चोरी भयो । लुटमा सो सहकारीमा काम गर्ने लेखापाल सावित्री सुवेदी संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रारम्भिक अनुसन्धानबाट सुवेदीको हात रहेको देखिएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताए । अनुसन्धान गर्दै जाँदा लेखापाल नै लुटमा संलग्न रहेको खुल्यो । नेपाली सेनाबाट अवकाश पाएका उनका श्रीमानले सो सहकारीबाट ऋण लिएका थिए । त्यहि दिन उनले ऋण तिरे । साढे ४ मा सावित्रीका श्रीमान सहकारीमा पुगेर १० लाख बुझाए । तर, उनले सो रकम बैंकबाट साढे १ मा नै निकालेको अनुसन्धानबाट खुलेको छ । कार्यालय समयको अन्तमा बुझाएको हुनाले सहकारीले सो पैसा बैंकमा राख्न भ्याएको थिएन’कर्मचारी हिँडेपछि सावित्रीले डुब्लिकेट चाबीले खोलेर पैसा निकालेर हिँडेको थाहा भएको छ ।सुवेदी दम्पतीले योजना बनाएर नै सौभाग्यशाली बचत तथा ऋण सहकारी लुटेको प्रहरीको निष्कर्ष छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here