सरोज निरौला

२ वर्ष अगाडि / ६६८  पटक हेरिएको

०३ फाल्गुण २०७७, सोमबार

उदयपुर,(रौतामाई) उदयपुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी दुई दर्जनबढी  नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । आईतबार उदयपुरको रौतामाई वडा नम्बर ६ स्थित चिसापानीमा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस संसद प्रमिला राईलगायतको हातबाट टीका लगाउदै उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन।  पार्टी प्रवेश गर्नेमा वडासदस्यको प्रतिस्पर्धी उम्मेदवार तीलकबहादुर रानादेखि पार्टीको स्थानीय स्तरमा प्रभाव राख्ने अन्य नेता र कार्यकर्ताहरुसम्म रहेका छन् ।नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेहरुमा तीलकबहादुर राना, नरबहादुर राना मगर, पदमबहादुर राना, बलबहादुर राना, सरिता रानामगर, हिरा राना, तिलमाया राना, पवित्रा दुरुछामगर, रमिला रानामगर, देवीका राना, जीनबहादुर विश्वकर्मा, चित्र रानामगर, मनमाया रानामगर, यममाया रानामगर, तिलबहादुर रानामगर र विष्णुमाया रानामगर रहेका छन् । त्यस्तै लोकबहादुर रानामगर, रतनप्रसाद लुईटेल, उमा दुरुछाकी मगर, जयप्रकाश यादव, मनीकुमार आलेमगर, धनमाया आले, प्रेमबहादुर सनाल, हिलमाया मगर र पृथ्वीलाल मगर रहेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here