सरोज निरौला

२ वर्ष अगाडि / ५५२  पटक हेरिएको

०२ फाल्गुण २०७७, आइतबार 

उदयपुर। कोशी ग्यास देउरीका आधिकारिक बिक्रेता प्रमोद सिग्देल ग्यास विक्रेता संघ उदयपुरको अध्यक्ष चयन भएका छन। शनिबार उदयपुर सदरमुकाम गाईघाटस्थित होटल कोहबरमा भएको भेलाले ११ सदस्यीय तदर्थ कमिटि निर्माण गरेको हो । नवगठित समितिको प्रथम उपाध्यक्ष नन्दकिशोर साह, द्धितीय उपाध्यक्ष राजकुमार देव, महासचिव माधव बाँनीया, सचिव सञ्जय मुक्तान र कोषाध्यक्ष निरा राई रहेका छन् ।

सदस्यहरुमा प्रदिप कार्की, अजय साह, पुरुषोत्तम निरौला र कपुरकुमार साह रहेका छन् । त्यस्तै बाँकी १ जनालाई कार्यसमितिको निर्णय अनुसार मनोन्वयन गरिने महासचिव माधव बाँनीयाले जानकारी दिए ।कार्यक्रम ग्यास व्यवसायीहरुको छाता संगठन ‘ग्यास बिक्रेता महासंघ नेपाल’का केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नम्बर १ का अध्यक्ष सरलराज पोखरेलको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here