सरोज निरौला

३ वर्ष अगाडि / २५८१  पटक हेरिएको

०१ फाल्गुण २०७७, शनिबार

उदयपुर।(गाइघाट) उदयपुर सदरमुकामका एक पूर्व शिक्षक शनिबार विहान आप्mनै घरमा मृत भेटिएका छन् । त्रियुगा नगरपालिका ११ शिवालयटोलका ६५ वर्षीय वीरेन्द्र राई घरको दोस्रो तलामा मृत भेटिएका छन् भने उनकै श्रीमती  ५२ वर्षीया रीता गम्भीर घाईते अवस्थामा भेटिएकी छिन् । शनिबार विहान ७ः३० बजे स्थानीयले अचेत अवस्थामा लडिरहेको खवर गरेपछि खटेको प्रहरीले उनको उद्धार गरी उपचार गर्र्न अस्पताल लगेको थियो । हाल उनलाई थप उपचारार्थ विराटनगर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाईते रीताले आफुमाथि कुटपिट गरेको बयानका अधारमा सोही ठाउँकी ३४ वर्षीया शिला राईलाई पक्राउ गरी अनुसन्धान अघि बढाउँदा श्रीमान्को हत्या भएको खुलेको हो ।अढाईतले पक्की घरमा पूर्व शिक्षक राई दम्पति मात्र बस्दै आएको स्थानीयको भनाई छ । श्रीमान् श्रीमती मात्र बस्ने घरमा कसले के कारण यस्तो निर्मम अपराधको घट्ना घटायो भन्ने विषयमा सुक्ष्म अनुसन्धान थालिएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here