सरोज निरौला

२ वर्ष अगाडि / १३६०  पटक हेरिएको

०१ फाल्गुण २०७७, शनिबार

उदयपुर।(पोखरी)  उदयपुरमा अन्तर मा.वि स्तरिय पुरुष भलिबल प्रतियोगीता तथा नृत्य प्रतियोगीता हुने भएको छ। उदयपुरको रौतामाइ गाउपालीका ४ स्थित श्री महेन्द्र मा.वि रसुवा पोखरीमा यही फागुन ६ गते देखी ८ सम्म अन्तर मा.वि भलिबल तथा नृत्य प्रतियोगीता हुने भएको हो। श्री महेन्द्र मा.वि रसुवा पोखरीको आयोजनमा र यसै विद्यालयका पुर्ब बिद्यार्थी खेमराज श्रेष्ठको प्रायोजनमा उहाँकी स्वार्गीय आमा अंकमाया श्रेष्ठको सम्झनामा उतm प्रतियोगीता हुन लागेको श्री महेन्द्र मा.वि रसुवा पोखरीका शिक्षक विनोद राउत ले जानकारी दिनुभयो। आयोजकले खेलकुद आयोजना सम्बन्धि सूचना प्रकाशन गर्दै खेलाडी र खेलाडीका टिमहरुलाई आमन्त्रण गरेको छ ।

फागुन १ देखि ६ गते विहान ८ बजे सम्म टिम दर्ता गरी सक्नु पर्ने आयोजकले उल्लेख गरेको छ । भलिबल प्रतियोगीता तर्फ प्रथम हुने टिमलाई रु ४५ हजार नगद मेडल,ट्रफी र प्रमाण पत्र, दोस्रोलाई रु ३५ हजार नगद, मेडल,ट्रफी र प्रमाण पत्र र तेसो्र हुनेलाइ २५ हजार नगद, मेडल,ट्रफी र प्रमाण पत्र पुरस्कारको व्यवस्था गरिएको छ । । त्यस्तै नृत्य प्रतियोगीता तर्फ प्रथम हुनेलाइ नगद रु ६ हजार,दोसो्रलाइ नगद रु ४ हजार र तेसो्रलाइ नगद रु ३ हजार पुरस्कारको व्यवस्था गरिएको छ । साथै खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक र अनुसासित खेलाडीलाई मायाको चिनो र प्रमाण पत्रको समेत व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ । भलिबल टिममा १० जना अनिवार्य गरिएको छ। खेल अबधिभर खान वस्न व्यवस्था खेलाडी आफैले गर्नु पर्ने छ । खेलमा सामान्य चोटपटक वा गम्भिर घाइते भएमा खेलाडीको उपचार सम्बन्धि खेलाडी आफै जिम्मेवारी बन्नु पर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here