सरोज निरौला

३ वर्ष अगाडि / ४७५  पटक हेरिएको

२६ माघ २०७७, सोमबार

खैजनपुर। त्रियुगा नगरपालीको वडा न.२ स्थित खैजनपुरमा आधारभुत स्वास्थय भबन केन्द्र को शिलान्यास गरिएको छ। त्रियुगा नगरपालीका नगर प्रमुख बल्देव चौधरी र उप प्रमुख देबी कुमारी चौधरीले संयुक्त रूपमा आधारभुत स्वास्थय भबन केन्द्र को शिलान्यास गर्नुभएको हो।

मुल्य अभिवृदी कर सहित ३७ लाख २८ हजार ९ सय ७७ रुपैया ५७ पैसा लागतमा बन्न लागेको सो भवनको निर्णनको ठेक्का शिव पार्वती संकल्प कन्स्ट्रक्सन निमार्ण सेवाले पाएको छ।

गत मंसिर २४ गते ठेक्का सम्झौता गरेको निमार्ण कम्पनीले २०७८ असार १५ गते सो भवनको काम सम्पन्न गरिसक्नु पर्ने बताइएको छ। सो कार्यक्रममा त्रियुगा नगरपालीका वडा न.२ का वडाअध्यक्ष घमानसिङ खत्री धुर्ब वडा सदस्यहरु लगायत स्थानियवासीको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here