मसलापाटी

३ वर्ष अगाडि / ६९१  पटक हेरिएको

२० माघ २०७७, मंगलबार

उदयपुर । उदयपुरको सदरमकाम गाईघाटबाट लागु औषाध ३ युवक जना पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका वडा नं. ११ टेम्पु चोक बस्ने १७ बर्षिय रविन राई, सोहि ठाँउ बस्ने २६ बर्षिय प्रभात राई र १९ बर्षिय सन्देश राउत रहेका छन् ।

प्रहरीले चेकजाचँ गर्ने क्रममा उनीहरुको साथबाट डाईजोल्याव १३ एम्पुल, नफिन १४ एम्पुल र फेनेरागन ९ एम्पुल गरी जम्मा ३६ एम्पुल, २ थान मोवाईल र एक थान डिएसएलआर क्यामरा समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here