सरोज निरौला

३ वर्ष अगाडि / १६८५  पटक हेरिएको
१४ माघ २०७७, बुधबार
उदयपुर। देशकै ठुलो सिमेन्ट उधोग उदयपुर सिमेन्ट उद्योग लागि ल्याइएको तेल चोरी गरी बिक्री गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।ड्रमहरुमामा राखिएको पेट्रोलियम पदार्थ अन्तै लगेर बिक्री गरेको आरोपमा ५१ वर्षका मोहन राई र ५७ वर्षीय इन्द्र भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।पक्राउ पर्ने दुवैजना लामो समयदेखि सोही उद्योगमा सवारी चालकका रुपमा कार्यरत थिए ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेहरुमा राई त्रियुगा नगरपालिका ६ का स्थायी बासिन्दा हुन् भने भट्ट सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ७ का स्थानीय हुन् । उद्योगका लागि तयारी अवस्थामा रहेको ‘स्टक’ तेल मंगलबार दिउँसो २ः०० बजे चोरी भएको सूचना पाएपछि तत्काल खोजतलास सुरु गर्दा उनीहरु पक्राउ परेको जिप्रका उदयपुरका प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।डिएसपी गौतमका अनुसार पक्राउ परेका राई र भट्टले तेल चोरी गरी जिल्लाकै त्रियुगा नगरपालिका ८ बस्ने ५२ वर्षीय प्रबिनकुमार चौधरीलाई बेचेका थिए ।चोरीको डिजेलसहित तीनैजना पक्राउ गरी जिप्रका उदयपुरमा अनुसन्धान भइरहेको गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here