मसलापाटी

२ वर्ष अगाडि / ६६२  पटक हेरिएको

०८ माघ २०७७, बिहिबार

बेलका। युवतिलाई बलात्कार गरिसकेपछि हत्याको आसयले छतबाट खसाएर भागेका बेलका नगरपालिका ४ गुरुङचौरीका गुणराज विष्ट पक्राउ परेका हुन् । विष्टलाई काठमाडौं मनमैजुबाट  प्रहरीले नियन्त्रणमा लिएको हो । ०७६ साउन १७ गते बेलका नगरपालिका ४ गुरुङचौरी मावि परिसरमा दुई युवा मिलेर १८ वर्षीया युवतिलाई बलात्कार गरी घरको छतबाट खसाएर भागेकामध्ये सोही ठाउँका गुणराज विष्ट पक्राउ परेका हुन् ।

युवतिलाई बलात्कार गरिसकेपछि हत्याको आसयले छतबाट खसाएर भागेका उनीहरुको खोजी गर्ने क्रममा विष्ट पक्राउ परे पनि अर्काको खोजी भईरहेको छ ।उनीहरुले युवतिलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको घटना बाहिर आउने डरले दुवै मिलेर छतबाट खसालेर दुवै भागेका थिए । छतबाट खसालिएकी युवति कम्मर मुनिको भाग नचलेर अपांगता भएकी छिन् । उनको अहिले पनि उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईते युवतिको उपचार गराउँदै अभियुक्तको खोजी गर्ने क्रममा विष्ट पक्राउ परेको तर, अर्का युवक अझै फरार रहेकाले खोजी भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले बताए ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here